"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अन्तर व्यवस्थापिका सम्मेलनमा संघीयता कार्यान्वयनका लागि कानुन निर्माणमा जोड

प्रकाशित मिति :  17 December, 2024 9:39 pm


पोखरा – अन्तर व्यवस्थापिका मञ्चको आयोजना र गण्डकी प्रदेश सभा सचिवालयको व्यवस्थापनमा मंगलबार पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । सम्मेलनमा प्रतिनिधि सभाका सभामुख र उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, सातवटै प्रदेशका सभामुख, उपसभामुख र प्रदेशसभा सचिव सहभागी छन् । 

सम्मेलनमा संघीयता कार्यान्वयनका लागि कानुन निर्माणका सन्दर्भमा छलफल चलेको छ । सम्मेलनको उद्घाटनमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसारमा संसद प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेका उदाहरण रहेको बताए ।

‘संघीयतालाई बलियो बनाउने कानुन निर्माण गर्न संसदको प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन सकेको छैन,’ उनले भने, ‘लामो राजनीतिक आन्दोलनले धेरै व्यवस्थाहरू परिवर्तन गरेको छ, अब निर्माणका लागि सबै शक्ति लगाउनुपर्छ ।’ प्रमुख राजनीतिक शक्तिहरूले जिम्मेवारीबोध गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले नागरिकको विकास आकांक्षा पूरा गर्नेतिर केन्द्रित हुन अपिल गरे ।

संघीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण गर्न ढिला भएको बताउँदै उनले आगामी अधिवेशनमा ती विधेयक पारित गर्न संसदले सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गरे । ‘आधारभूत रूपमा संघीयताको पक्षमा भएका र संविधान निर्माणमा योगदान गरेका दलहरू नेतृत्वमा रहेकाले संविधान अनुकूल निर्माण गर्नुपर्ने कानुन बन्नेमा आशावादी बन्न सकिन्छ,’ उनले भने ।

संविधान संशोधनको बहस चलिरहेको बेला भएको संघीय संसद र प्रदेश सभासहितको सम्मेलन अर्थपूर्ण रहेको उनको भनाइ थियो । संघीय संसद् र प्रदेश सभालाई प्रभावकारी बनाउन अन्तर व्यवस्थापिका सम्मेलन सफल हुने विश्वास उनले व्यक्त गरे ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतालाई संस्थागत गर्न धेरै कानुनी प्रबन्ध र व्यवस्थापकीय कार्य बाँकी रहेको बताए । प्रदेश सरकारले दिने ‘डेलिभरी’मा भएका समस्याबारे गम्भीर समीक्षा गर्नुपर्ने उनले उल्लेख गरे । ‘कतिपय कानुनको अभावले संघ र प्रदेशबीच खाडल र अन्तरविरोध देखिएको छ,’ उनले भने, ‘संघीय सांसद र प्रदेश सांसदलाई भोट हाल्ने जनता नै अल्मलिने अवस्था छ ।’

संघीयतालाई बलियो बनाउन सरकारमात्र होइन सभाहरूले समेत जिम्मेवारी पूरा गरे कि गरेनन् भनेर समीक्षा गर्न जरुरी रहेको उनको भनाइ थियो । विगतमा भएका अन्तर व्यवस्थापिका सम्मेलनले कानुन निर्माण र संसदीय अभ्यासलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गरेको उनले स्मरण गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद