"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘शाम्बाला’ ९७ औं अस्कर अवार्डको दौडबाट बाहिरियो

प्रकाशित मिति :  18 December, 2024 12:23 pm


काठमाडौं – नेपालबाट सिफारिस भएको फिल्म ‘शाम्बाला’ ९७ औं अस्कर अवार्डको दौडबाट बाहिरिएको छ । नेपाली समयानुसार बुधबार बिहान एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले अन्तर्राष्ट्रिय फिचरसहित १० विधामा सर्टलिस्ट मनोनयन घोषणा गरेको छ ।

मीनबहादुर भाम निर्देशित उक्त नेपाली फिल्मसहित ८५ फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धा गरेका थिए । सर्टलिस्टको सूची हेर्दा यसपटक एसियालाई धक्का लागेको छ । सर्टलिस्टमा एसियाबाट थाइल्याण्डको फिल्म ‘हाउ टु मेक मिलियन्स बिफोर ग्राण्डमा डाइज’ मात्र छनोट भएको छ ।

भारतको औपचारिक सिफारिस फिल्म ‘लापता लेडिज’बाट पनि प्रतिस्पर्धाबाट बाहिरियो । चीनको फिल्म त प्रारम्भिक छनोटमै योग्य हुन सकेन । दक्षिण कोरिया, जापान र पश्चिम एसियाली मुलुकबाट समेत कुनै फिल्म यसपटक यस विधामा छनोट भएनन् । यसपकको सर्टलिस्ट एसियाको लागि निराशजनक देखिएको छ ।

इतिहास रच्दै बर्लिनमा छनोट भएको नेपालको ‘शाम्बाला’ सर्टलिस्ट मनोनयनमा पर्ने कुरालाई लिएर धेरैजना आशावादी थिए । यसपटक पनि नेपालको अस्कर दौड निराशजनक बनेको छ । सर्टलिस्टमा १५ फिल्म समावेश छन् । यसबाट पनि अन्तिम ५ फिल्मको मनोनयन घोषणा जनवरी १७ मा घोषणा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी