"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिम एनपीएलको फाइनलमा, कर्णाली र जनकपुर भोली भिड्ने

प्रकाशित मिति :  ३ पुष २०८१, बुधबार २१:३४


काठमाडौँ – सुदूरपश्चिम रोयल्स जारी नेपाल प्रिमियरको फाइनलमा प्रवेश गरेको छ। जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको हो।

सुदूरपश्चिमले टीयू क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि ८ विकेटको जित निकाल्यो। जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटमात्रै गुमाएर भेट्टायो।

सुदूरपश्चिमको जितमा ओपनर भण्डारीले सर्वाधिक ५८ रन बनाए। ५५ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। एनपीएलमा आफ्नो पहिलो अर्धशतक उनले ४१ बलमा पूरा गरेका हुन्। भण्डारीले पहिलो विकेटका लागि सेफ अलि जेबसँग मिलेर ५६ रनको साझेदारी गरे।

जेब २१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए। जेब किशोर महतोको बलमा जेम्स निशमको हातमा क्याच भए। दोस्रो विकेटका लागि ब्रेण्डन मक्मुलनसँग मिले विनोदले ५९ रनको साझेदारी गरे। मक्मुलनले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे। मक्मुलन ललितनारायण राजवंशीको बलमा जेम्स निशमबाटै क्याच भए।

जनकपुरका लागि किशोर महतो र ललितनारायण राजवंशीले समान १ विकेट लिए। तेस्रो विकेटका लागि भण्डारी र कप्तान दीपेन्द्र सिंह ऐरीले नट आउट २६ रनको साझेदारी गरे। कप्तान दीपेनद्रले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनाएको थियो।

जनकपुका लागि जेम्स निशमले सर्वाधिक ४५ रन जोडे। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। शुभ कसांकार २४ बलमा २६ रन बनाउँदै रन आउट भए।

कप्तान अनिल शाहको घाइते भएका कारण ओपनिङ गर्न लाहिरु मिलन्था १४ बलमा २ चौकाको सहयोगमा १२ रनमा आउट भए। तेस्रो ओभरको पाँचौ बलमा मिलन्था सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा एलबिडब्लु आउट भए।

नियमित कप्तान अनिलको स्थानमा टोलीको कप्तानी गरिरहेका आसिफ शेख १० बलमा २ चौकाको सहयोगमा ११ रन जोड्दै आउट भए। कप्तान आसिफ छैठौं ओभरको पाँचौ बलमा सेफ अलि जेबबाट बोल्ड आउट भए।

हर्ष ठाकर १४ बलमा १२ रन बनाउँदै सेफ अलि जेबको बलमा आउट भए। अरनिको यादव २० बलमा ११ रन जोड्दै दीपेन्द्रको बलमा एलबिडब्लु भए। मोहम्मद मोहसिन ६ बलमा ३ रन बनाउँदै कप्तान दीपेन्द्रको बलमा एलबिडब्लु भए।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सेफ अलि जेबले २ तथा अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १ विकेट लिए। पराजित टोली जनकपुरले फाइनल प्रवेशका लागि अब कर्णालीसँग खेल्नेछ। कर्णाली र जनकपुरबीचको खेल भोलि बिहीबार हुनेछ। यी दुई टोलीबीचको बिजेताले फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले हात पारेको छ। शनिबार फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुरले

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

काठमाडौँ- कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले

काठमाडौं – चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ । एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१