"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स फाइनलमा भिड्ने

प्रकाशित मिति :  19 December, 2024 9:20 pm


काठमाडौँ- कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा भेट्टाउँदै पुरा गरेको हो। यससँगै अब फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ। फाइनल शनिबार हुनेछ।

सुदूरपश्चिम भने जनकपुरलाई नै हराउँदै फाइनलमा यसअघि नै पुगिसकेको छ। हारसँगै प्रतियोगितामा तेस्रो स्थान निश्चित गरेको कर्णालीले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको जनकपुर बोल्ट्सले १९ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो।

जनकपुरका लागि जेम्स निसम ४५, हर्ष थाकर १७, मयन यादव र आकाश त्रिपाठी समान १३, कप्तान आशिफ शेख चार, शुभ कंसकार तीन लाहिरू मालिन्था दुई, मोहम्मद मोहसिन एक रन बनाए भने शेर मल्लले अविजित १६ रन बनाए।

कर्णालीका लागि विपिन शर्माले तीन, कप्तान सोमपाल कामी, जिद मक्सुद, विलियम बसिस्टो, एक विकेट लिए। टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनायो। कर्णालीका लागि गुलशन झा २५, देव खनाल २४, विलियम बसिस्टो १४, जिद मक्सुद र युनिस ठकुरी समान १२, चाडविक वाल्टन ११, कप्तान सोमपाल कामी पाँच अर्जुन घर्ती द्ई, जयकिसन कोल्सावाला एक रन बनाएर आउट भए भने नन्दन यादव ४ रनमा अविजित रहे।

जनकपुरका लागि ललित राजवंशी,जेम्स निसम ​ र मोहम्मद मोहसिनले समान दुई, हर्ष ठाकर, शेर मल्लले एक एक विकेट लिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध