"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एनपीएल फाइनल : सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई दियो १८५ रनको लक्ष्य

प्रकाशित मिति :  ६ पुष २०८१, शनिबार १४:३९


काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले रन १८४ बनाएको हो। ओपनरद्वय सैफ जैब र विनोद भण्डारीको दह्रिलो सुरूवातका कारण सुदूरपश्चिमले जनकपुरसामु विशाल लक्ष्य खडा गरेको हो।

सुदूरपश्चिमका लागि जैबले सर्वाधिक ६९ रन बनाउँदा अर्का ओपनर भण्डारीले ४१ रन जोडे। ४३ बल सामना गरेको जैबले ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै भण्डारीले १ चौका र ३ छक्का प्रहार गरे।

यी दुईबाहेक सुदूरपश्चिमका अरू ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्। ब्रेन्डन मैकमुलेनले १४, हरमीत सिंहले १४, कप्तान दीपेन्द्रसिंह ऐरीले ९ र स्कट कुगेलेनले १३ रन जोडे।

जनकपुर बोल्ट्सका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३–३ विकेट लिए। त्यस्तै जेम्स निसम र ललित राजवंशीले १–१ विकेट निकाले।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले हात पारेको छ। शनिबार फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुरले

काठमाडौँ- कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले

काठमाडौँ – सुदूरपश्चिम रोयल्स जारी नेपाल प्रिमियरको फाइनलमा प्रवेश गरेको छ। जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गर्ने

काठमाडौं – चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ । एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१