"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुरले जित्यो एनपीएलको पहिलो उपाधि

प्रकाशित मिति :  21 December, 2024 4:16 pm


काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले हात पारेको छ। शनिबार फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि हात पारेको हो।

जनकपुर बोल्ट्सले प्रतियोगितामा बलियो ठानिएको सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्‍यो। सुदूरपश्चिमले प्रस्तुत गरेको १८६ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९.२ ओभरमा ५ विकेट गुमाएर  पूरा गर्‍यो। जनकपुर बोल्ट्सका लागि लहिरु मिलन्थाले सर्वाधिक ८७ रन बनाए। त्यस्तै कप्तान आसिफ शेखले ३३ रन बनाए। मोहम्मद मोहसिन ९ रन बनाएर आउट भए। हर्ष ठाकरले ३० रन बनाएर नटआउट रहे।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले रन १८४ बनाएको थियो। ओपनरद्वय सैफ जैब र विनोद भण्डारीको दह्रिलो सुरूवातका कारण सुदूरपश्चिमले जनकपुरसामु विशाल लक्ष्य खडा गरेको थियो। सुदूरपश्चिमका लागि जैबले सर्वाधिक ६९ रन बनाउँदा अर्का ओपनर भण्डारीले ४१ रन जोडे। ४३ बल सामना गरेको जैबले ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै भण्डारीले १ चौका र ३ छक्का प्रहार गरे।

यी दुईबाहेक सुदूरपश्चिमका अरू ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्। ब्रेन्डन मैकमुलेनले १४, हरमीत सिंहले १४, कप्तान दीपेन्द्रसिंह ऐरीले ९ र स्कट कुगेलेनले १३ रन जोडे।

जनकपुर बोल्ट्सका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३–३ विकेट लिए। त्यस्तै जेम्स निसम र ललित राजवंशीले १–१ विकेट निकाले।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर