"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुरले जित्यो एनपीएलको पहिलो उपाधि

प्रकाशित मिति :  21 December, 2024 4:16 pm


काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले हात पारेको छ। शनिबार फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि हात पारेको हो।

जनकपुर बोल्ट्सले प्रतियोगितामा बलियो ठानिएको सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्‍यो। सुदूरपश्चिमले प्रस्तुत गरेको १८६ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९.२ ओभरमा ५ विकेट गुमाएर  पूरा गर्‍यो। जनकपुर बोल्ट्सका लागि लहिरु मिलन्थाले सर्वाधिक ८७ रन बनाए। त्यस्तै कप्तान आसिफ शेखले ३३ रन बनाए। मोहम्मद मोहसिन ९ रन बनाएर आउट भए। हर्ष ठाकरले ३० रन बनाएर नटआउट रहे।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले रन १८४ बनाएको थियो। ओपनरद्वय सैफ जैब र विनोद भण्डारीको दह्रिलो सुरूवातका कारण सुदूरपश्चिमले जनकपुरसामु विशाल लक्ष्य खडा गरेको थियो। सुदूरपश्चिमका लागि जैबले सर्वाधिक ६९ रन बनाउँदा अर्का ओपनर भण्डारीले ४१ रन जोडे। ४३ बल सामना गरेको जैबले ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै भण्डारीले १ चौका र ३ छक्का प्रहार गरे।

यी दुईबाहेक सुदूरपश्चिमका अरू ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्। ब्रेन्डन मैकमुलेनले १४, हरमीत सिंहले १४, कप्तान दीपेन्द्रसिंह ऐरीले ९ र स्कट कुगेलेनले १३ रन जोडे।

जनकपुर बोल्ट्सका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३–३ विकेट लिए। त्यस्तै जेम्स निसम र ललित राजवंशीले १–१ विकेट निकाले।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई