"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन अभियोगमा मुद्दा दायर

प्रकाशित मिति :  22 December, 2024 2:56 pm


पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहित ३२ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गरेको हो।

लामिछानेविरुद्ध तीन अभियोगमा छुट्टाछुट्टै आरोपपत्र दर्ता भएको कास्की जिल्ला जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्। उनले भनिन्, ‘अभियोगपत्र दर्ता भएको छ। तीनवटा छुट्टाछुट्टै अभियोगपत्र छन्।’

यसअघि कास्की प्रहरीले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा चलाउनुपर्ने सिफारिससहित गत सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

सहकारी ठगीबारे अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनले गोर्खा मिडिया प्रालीमा सहकारीबाट आएको रकमको हकमा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित जिम्मेवार रहने भन्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा कास्कीको जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा १९ जनाविरुद्ध शुक्रबार थप अभियोजन दर्ता गराएको थियो। त्यसमा जीबी राई भनिने गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ।

लामिछाने पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा अनुसन्धानका लागि  कात्तिक २ गते पक्राउ परेका थिए। सोही प्रकरणमा असोज ६ गते नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका थिए । लामिछाने र जोशीसमेत ५ जना विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनअनुसार ५१ जनालाई प्रतिवादीबाट १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ।

संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गर्ने कार्यमा संलग्न रहेको भन्दै लामिछानेसहित जीबी राई, पूर्वडीआईजी जोशी, कुमार रम्तेलमाथि कारबाही सिफारिस गरेको थियो। सोबमोजिम लामिछाने र जोशी प्रहरी हिरासतमा छन्। रम्तेल पुर्पक्षका लागि कास्की कारागारको थुनामा छन्। फरार जीबी राईको खोजीकार्य भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्