"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गल्याङमा गड्यौले मलको उत्पादन सुरु

प्रकाशित मिति :  30 December, 2024 1:25 pm


स्याङ्जा – गल्याङ नगरपालिकाले गड्यौले मलको उत्पादन सुरु गरेको छ । गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईले किसानहरुलाई गड्यौला वितरण गरेका छन् । वडा नम्बर ११ जिमुहाका समुहमा आवद्ध १७ जना किसानहरुलाई गड्यौले मल उत्पादनको लागि ५/५ किलोका दरले गड्यौला वितरण गरिएको हो।

गल्याङ नगरपालिकाको समन्वयमा नगरवासीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै कुहिने फोहोरलाई गड्यौले अर्गानिक कम्पोस्ट मल बनाउने र रासायनिक मल तथा विषादीको प्रयोगलाई निरुत्साहित गर्दै गड्यौले मल उत्पादन, उपयोग र बजारीकरण गर्ने उद्देश्य रहेको छ ।

आईडिइ नेपालको आर्थिक तथा प्राविधिक सहयोग, आपसी सहयोग केन्द्रको साझेदारीमा श्री शुभ विहानी महिला बहुउद्देश्यीय सहकारी संस्था र परिवर्तन बहुउद्देश्यीय सहकारी संस्था गल्याङको सहजीकरणमा गड्यौले मलको उत्पादन सुरु भएको छ।

नगरपालिकाको सहजीकरणमा गल्याङ नगरपालिका भित्रका विभिन्न वडाहरुमा अर्गानिक कम्पोस्ट गड्यौले मल बनाउन किसानलाई प्रेरित गर्दै गड्यौला पालनको लागि आवश्यक सामाग्री, तालिम तथा गड्यौला नि:शुल्क रुपमा वितरण गरिने नगर प्रमुख भट्टराईले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द