"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पाँच देशकालागि नवनियुक्त राजदूतहरूले लिए शपथ

प्रकाशित मिति :  1 January, 2025 8:14 pm


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम र डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतहरू प्रकाशमणि पौडेल (गणतन्त्र पोर्चुगल), डा. नेत्रप्रसाद तिम्सिना (मलेसिया), प्रा. डा. कपिलमान श्रेष्ठ (गणतन्त्र दक्षिण अफ्रिका), सेवा लम्साल (बेल्जियम) र सुम्निमा तुलाधर (डेनमार्क)ले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय