"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लक्ष्यभन्दा घट्यो राजस्व संकलन

प्रकाशित मिति :  14 January, 2025 1:28 pm


काठमाडौँ- आर्थिक वर्ष २०२४/२५ को पहिलो छ महिनाको राजस्व संकलन लक्ष्यभन्दा १६ प्रतिशत १८ ले घटेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार, सरकारले आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा ५५९ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा कुल राजस्व संकलन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संकलन भएको राजस्वभन्दा झन्डै ६३ अर्ब रुपैयाँ बढी भए तापनि, चालु आर्थिक वर्षको यो अवधिमा सरकारले निर्धारण गरेको लक्ष्यभन्दा करिब १६ प्रतिशत कम छ।

सरकारले चालु आर्थिक बर्षको पहिलो छ महिनामा ६७२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। सरकारले आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा आफ्नो कुल राजस्व लक्ष्यको ४० प्रतिशत मात्र हासिल गरेको छ। यो आर्थिक वर्षको सरकारले १,४१९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

यसैबीच, सरकारले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ३९.०६ प्रतिशत खर्च प्रगति हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार, सरकारले चालु आर्थिक बर्षको ६ महिनामा बजेटको ३५.८९ प्रतिशत अर्थात् ६६७ अर्ब ६० करोड रुपैयाँ खर्च गरेको छ।

चालु आर्थिक वर्षमा सरकारले १,८६० अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राकेहोछ। साधारण खर्चतर्फको प्रगति ३९.६३ प्रतिशत रहेको छ भने पूँजीगत खर्चतर्फ पहिलो छ महिनामा प्रगति निराशाजनक १६।१६ प्रतिशत मात्र रहेको छ।

चालु आर्थिक वर्षमा साधारण खर्च तर्फ विनियोजित १,१४० अर्ब ६६ करोड रुपैयाँ मध्ये, ६ महिनामा सरकारले ४५२ अर्ब रुपैयाँ खर्च गर्न सकेको छ। यस्तै, चालु आर्थिक वर्षका लागि पूँजीगत खर्चतर्फ विनियोजित ३५२ अर्ब ३५ करोड रुपैयाँमध्ये, पहिलो छ महिनासम्ममा ५६ अर्ब ९ करोड रुपैयाँ मात्र खर्च भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ललितपुर – अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।आज ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा

काठमाडौँ – सरकारले अर्धवार्षिक समीक्षामार्फत चालू आर्थिक बर्षको बजेट खर्च अनुमान संशोधन गरेको छ। अर्थ मन्त्रालयले मंगलबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दैै

काठमाडौँ — सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स

काठमाडौं  – सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको