"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यु–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक

प्रकाशित मिति :  १ माघ २०८१, मंगलवार २२:३१


काठमाडौँ – मलेसियामा माघ ५ गतेदेखि सुरु हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक गरिएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरको सिटी सेन्टरस्थित पेट्रोनास ट्वीन टावरमा मङ्गलबार विश्वकप खेल्ने १६ वटै देशका कप्तानले संयुक्त रुपमा विश्वकप ट्रफी सार्वजनिक गरेका हुन् ।

विश्वकपमा भाग लिन सबै टोली मलेसिया पुगिसकेका छन् । नेपालले पहिलो पटक यु–१९ महिला टी–२० विश्वकप खेल्न लागेको हो । पूजा महतोको कप्तानीमा रहेको नेपाली महिला टोलीले विश्वकप अघि वेस्ट इन्डिजसँग पहिलो अभ्यास खेल खेलिसकेको छ ।

सोमबार भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग नौ रनले पराजित भएको हो । यस्तै नेपालले दोस्रो अभ्यास खेल बुधबार अमेरिकासँग खेल्नेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।

यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छ । नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बङ्गलादेशसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यस्तै दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।  

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत एक सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नहरूको जवाफ दिएका छन् । आइतबार

काठमाडौँ – भारत र पाकिस्तानबीच जारी तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) लाई एक साताका लागि स्थगित गरिएको छ। आईपीएलले सामाजिक

काठमाडौँ – पानी पर्न थालेकाले डेंगु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी