"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यु–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक

प्रकाशित मिति :  14 January, 2025 10:31 pm


काठमाडौँ – मलेसियामा माघ ५ गतेदेखि सुरु हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक गरिएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरको सिटी सेन्टरस्थित पेट्रोनास ट्वीन टावरमा मङ्गलबार विश्वकप खेल्ने १६ वटै देशका कप्तानले संयुक्त रुपमा विश्वकप ट्रफी सार्वजनिक गरेका हुन् ।

विश्वकपमा भाग लिन सबै टोली मलेसिया पुगिसकेका छन् । नेपालले पहिलो पटक यु–१९ महिला टी–२० विश्वकप खेल्न लागेको हो । पूजा महतोको कप्तानीमा रहेको नेपाली महिला टोलीले विश्वकप अघि वेस्ट इन्डिजसँग पहिलो अभ्यास खेल खेलिसकेको छ ।

सोमबार भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग नौ रनले पराजित भएको हो । यस्तै नेपालले दोस्रो अभ्यास खेल बुधबार अमेरिकासँग खेल्नेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।

यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छ । नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बङ्गलादेशसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यस्तै दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।  

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर