"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साइबर अपराधको आरोपमा मिश्रविरुद्ध मुद्दा

प्रकाशित मिति :  17 January, 2025 1:05 pm


काठमाडौँ – पर्साका पोखरीया नगरपालिका वडा नम्बर २ का चन्दन कुमार मिश्रविरुद्ध साइबर अपराधको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले घुस लिइ भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रुपमा रहेका मिश्रले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको छ।

प्रतिवादी मिश्रले साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीलाई साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन भनी ९९ हजार रुपियाँ घुस दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भएको आयोगले जनाएको छ।

आयोगका अनुसार मिश्रविरुद्ध ९९ हजार रुपियाँ बिगो कायम गरी ऐन बमोजिम जफन हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार