"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साइबर अपराधको आरोपमा मिश्रविरुद्ध मुद्दा

प्रकाशित मिति :  17 January, 2025 1:05 pm


काठमाडौँ – पर्साका पोखरीया नगरपालिका वडा नम्बर २ का चन्दन कुमार मिश्रविरुद्ध साइबर अपराधको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले घुस लिइ भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रुपमा रहेका मिश्रले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको छ।

प्रतिवादी मिश्रले साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीलाई साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन भनी ९९ हजार रुपियाँ घुस दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भएको आयोगले जनाएको छ।

आयोगका अनुसार मिश्रविरुद्ध ९९ हजार रुपियाँ बिगो कायम गरी ऐन बमोजिम जफन हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुँदैछ। निर्वाचन आयोगको आइतबार बसेको

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं