"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

छुदेन काविमोको दोस्रो उपन्यास ‘उरमाल’ सार्वजनिक

प्रकाशित मिति :  18 January, 2025 9:20 pm


काठमाडौं – भारतीय नेपाली लेखक छुदेन काविमोको दोस्रो उपन्यासकृति ‘उरमाल’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘उरमाल’ सार्वजनिक गरिएको हो ।

दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनका बारेमा लेखिएको उपन्यास फातसुङबाट चर्चामा आएका लेखक हुन्, काविमो । उनले पाँच वर्ष लगाएर दोस्रो कृति ‘उरमाल’ लेखेका हुन् । लेखकले चिया टिप्ने महिलाहरूको पीडालाई नजिकबाट नियालेर उपन्यास लेखेका छन् ।

उपन्यास लोकार्पण कार्यक्रममा बोल्दै लेखक छुदेनले भने, ‘चियासम्बन्धी धेरै किताब पढेँ । चियाको इतिहास उत्पत्ति अनि धेरै कुरा । तर चिया श्रमिकको कथा चैं पाइन । त्यसैले उरमाल लेख्नुपर्छ भन्ने लाग्यो ।’

लेखकका अनुसार चिया टिप्ने महिलाहरूले हालेको सुस्केरा नै कृतिको नाम बन्न पुगेको छ । उपन्यास विमोचनम कार्यक्रममा बोल्दै मानवशास्त्री सुरेश ढकालले उपन्यासभित्रका कथा, उपकथाले पाठकलाई तानिरहने जानकारी गराए । ‘बेलायती उपनिवेशले आदिवासीहरूलाई गरेको औपनिवेशिक शोषणको कथा हो उरमाल, तर यसमा धेरै कथा, उपकथा छन् जस्ले पाठकलाई तानिरहन्छ,’ ढकालले भने ।

लेखक छुदेनको फातसुङ किताब नेपाली भाषासँगै हिन्दी, बंगाली, सिन्धी र अंग्रेजी भाषामा पनि प्रकाशित छ । सङ अफ् सोइल शीर्षकमा अजित बरालले अनुवाद गरेको फातसुङ नेपाल, भारतसँगै बेलायतबाट पनि प्रकाशित भयो, जो दक्षिण एसियाको प्रतिष्ठित पुरस्कार जेसिबी प्राइज फर साउथ एसियन लिटरेचरको अन्तिम सूचीमा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

काठमाडौँ- काव्यकार डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ लोकार्पण गरिएको छ। शिखा बुक्सद्वारा आज (शुक्रबार) यहाँ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री

काठमाडौँ — छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबारको बैठकले ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ र