"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

छुदेन काविमोको दोस्रो उपन्यास ‘उरमाल’ सार्वजनिक

प्रकाशित मिति :  18 January, 2025 9:20 pm


काठमाडौं – भारतीय नेपाली लेखक छुदेन काविमोको दोस्रो उपन्यासकृति ‘उरमाल’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘उरमाल’ सार्वजनिक गरिएको हो ।

दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनका बारेमा लेखिएको उपन्यास फातसुङबाट चर्चामा आएका लेखक हुन्, काविमो । उनले पाँच वर्ष लगाएर दोस्रो कृति ‘उरमाल’ लेखेका हुन् । लेखकले चिया टिप्ने महिलाहरूको पीडालाई नजिकबाट नियालेर उपन्यास लेखेका छन् ।

उपन्यास लोकार्पण कार्यक्रममा बोल्दै लेखक छुदेनले भने, ‘चियासम्बन्धी धेरै किताब पढेँ । चियाको इतिहास उत्पत्ति अनि धेरै कुरा । तर चिया श्रमिकको कथा चैं पाइन । त्यसैले उरमाल लेख्नुपर्छ भन्ने लाग्यो ।’

लेखकका अनुसार चिया टिप्ने महिलाहरूले हालेको सुस्केरा नै कृतिको नाम बन्न पुगेको छ । उपन्यास विमोचनम कार्यक्रममा बोल्दै मानवशास्त्री सुरेश ढकालले उपन्यासभित्रका कथा, उपकथाले पाठकलाई तानिरहने जानकारी गराए । ‘बेलायती उपनिवेशले आदिवासीहरूलाई गरेको औपनिवेशिक शोषणको कथा हो उरमाल, तर यसमा धेरै कथा, उपकथा छन् जस्ले पाठकलाई तानिरहन्छ,’ ढकालले भने ।

लेखक छुदेनको फातसुङ किताब नेपाली भाषासँगै हिन्दी, बंगाली, सिन्धी र अंग्रेजी भाषामा पनि प्रकाशित छ । सङ अफ् सोइल शीर्षकमा अजित बरालले अनुवाद गरेको फातसुङ नेपाल, भारतसँगै बेलायतबाट पनि प्रकाशित भयो, जो दक्षिण एसियाको प्रतिष्ठित पुरस्कार जेसिबी प्राइज फर साउथ एसियन लिटरेचरको अन्तिम सूचीमा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको

काठमाडौँ – चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ। बोर्डले एक सूचना