"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू १९ विश्वकप : स्कटल्यान्डसँग पनि पराजित भयो नेपाल

प्रकाशित मिति :  20 January, 2025 9:21 pm


काठमाडौँ – मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो।

नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट १२ रन बनाउँनु बाहेक स्कटल्याण्डका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २ तथा पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिए। यसअघि नेपालले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। १९ ओभरमा अलआउट हुँदै नेपालले ७३ रन बनाएको थियो।

नेपालका लागि कप्तान पूजा महतोले कप्तानी पारी खेलिन्। उनले सर्वाधिक २७ रनसमेत बनाइन्। यस्तै ‌‌ओपनर सावित्री धामीले १० रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

स्कटल्याण्डकी माइसी म्याकेरिया एक्लैले पाँच विकेट लिइन्। उनले पूजा महतो, सीमाना केसी र अलिसा यादव तीनै जनाको विकेट एकै ओभरमा लिएपछि नेपालको स्कोर रोकिएको थियो। यसअघि नेपालले बंगलादेशसँग पाँच विकेटले पराजय भोगेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको