"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौँ प्रदूषण : १६० सवारी जाँच गर्दा एक सय फेल

प्रकाशित मिति :  20 January, 2025 9:54 pm


काठमाडौं – काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा गरिरहेको सवारी प्रदूषण परीक्षणले डरलाग्दो तथ्य देखाएको छ । २९ पुसबाट थालिएको सवारी परीक्षणको सोमबारसम्म डिजेलबाट चल्ने १४० वटा र पेट्रोलबाट चल्ने २० गरी १६० वटा सवारी साधनको जाँच भएको छ । यीमध्ये डिजेलबाट चल्ने ९४ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारी फेल भएका छन् ।

सोमबार काठमाडौं चक्रपथ सुकेधारा भएर गुडिरहेका ४० वटा डिजेलका सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ७८ प्रतिशत अर्थात् ३१ वटा फेल भेटिए महानगरले जनाएको छ । यस्तै ६ माघमा टेकुमा ४० वटा सवारी साधन परीक्षण मध्ये ३३ वटा फेल भएका भेटिएका थिए ।

यस्तै ४ माघमा सिनामंगल क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १० वटा प्रदूषण मापदण्ड बाहिरका पाइएको थियो । ३ माघमा पानीपोखरी क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १४ वटा फेल भएका साधन थिए।

२ माघमा गते जमल क्षेत्रमा २० वटाको चेकजाँच गर्दा ६ वटा फेल थिए । पहिलोपटक २९ पुसमा बबरमहलमा २० वटा परीक्षण गर्दा ६ वटा फेल थिए । यसरी गरिएको परीक्षणमा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको महानगरले जनाएको छ ।

वायु प्रदूषण नियन्त्रणका प्रयासमध्ये सवारी साधनबाट निस्कने प्रदूषक तत्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी