"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वाणिज्य बैंकहरूको खुद नाफा किन घट्यो

प्रकाशित मिति :  20 January, 2025 10:05 pm


काठमाडौँ – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको खुद नाफा ४.६२ प्रतिशतले घटेर २७.४३ अर्ब रुपैयाँमा झरेको छ। बैंकहरूले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २८.७६ अर्ब रुपैयाँ खुद नाफा कमाएका थिए। समीक्षा अवधिमा २० वाणिज्य बैंकहरूमध्ये नबिल बैंक लिमिटेडले ३.२४ अर्ब रुपैयाँ खुद नाफा गर्दै सबैभन्दा धेरै नाफा कमाएको छ।

चालु आर्थिक वर्षको पहिलो छ महिनाका लागि २० वाणिज्य बैंकहरूको वित्तीय विवरण विश्लेषणले ११ बैंकले खुद नाफा वृद्धिको संकेत गरेका छन् भने ९ बैंकको नाफा घटेको छ। प्रभु बैंकले खुद नाफामा ८५.४८ प्रतिशत वृद्धि गरेको छ। उक्त बैंकले २०८१/८२ को पहिलो ६ महिनामा २.०१ अर्ब रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा यो ७६ करोड रुपैयाँ थियो।

एनआईएमबी, ग्लोबल आईएमई, एनएमबी बैंक र एभरेस्ट बैंकले क्रमशः ५७.१८ प्रतिशत, ४९.५१ प्रतिशत, ४५.६ प्रतिशत र २१.१ प्रतिशत खुद नाफा कमाएका छन्। एनआईएमबी बैंक र ग्लोबल आईएमईले २०८१/८२ को पहिलो छ महिनामा क्रमशः २.८३ अर्ब र ३.२४ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। यसैगरी एनएमबी बैंक र एभरेस्ट बैंकले क्रमशः २ अर्ब र २.०७ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्।

एनआईसी एसियाको खुद नाफा ९२.०३ प्रतिशतले घटेर चालु आर्थिक वर्षको पहिलो छ महिनामा १५ करोड रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो १.९ अर्ब रुपैयाँ थियो। कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रमशः ६८.२ प्रतिशत र ६२.१३ प्रतिशतले नाफा घटाएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण