"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस

प्रकाशित मिति :  28 January, 2025 8:57 pm



काठमाडौं –  सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले समाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेस गरेको छ ।

सामाजिक सञ्जाल व्यवस्थापनमा गर्न विधेयक जति सक्दो छिटो ल्याउने कुरामा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जोड दिँदै आउनुभएको छ । यसै अनुरूप उक्त विधेयकलाई सङ्घीय संसद् समक्ष पेस गर्न २०८१ माघ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको थियो ।

मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव गजेन्द्रकुमार ठाकुरले सबैको चासोको विषय बनेको सामाजिक सञ्जाल व्यवस्थापन गर्न बनेको सञ्चार विधेयक अब सङ्घीय संसदमा पेस भई सदनमा छलफलको प्रक्रियामा जाने बताउनुभयो ।

त्यस्तै, मन्त्रालयको मिडिया काउन्सिल विधेयक पनि सङ्घीय संसदमा दर्ता भई छलफलको क्रममा रहेको छ भने सुरक्षा मुद्रणसम्बन्धी ऐन, २०८१ र सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ प्रमाणीकरण भई कार्यान्वयनका क्रममा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ – स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने बताएकी छन् । आर्थिक समस्याका कारणले स्वास्थ्य बीमा

काठमाडौँ – शून्य लागतमा वैदेशिक रोजगारीमा गएर मासिक ६० देखि ६५ हजार रुपियाँ कमाइ हुन्छ भन्दा जोकोहीलाई पत्याउन गाह्रोे पर्छ

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग भ्रष्टाचारको मुद्दामा विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। बुधबार

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान