"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चन्द्रागिरिका वडाध्यक्ष तामाङ घूस लिएको अभियोगमा दोषी ठहर

प्रकाशित मिति :  28 January, 2025 10:14 pm


काठमाडौं – चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष भाइकृष्ण तामाङ घूस लिएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको मंगलबारको इजलासले वडाध्यक्ष तामाङलाई दोषी ठहर गरेको हो ।

विशेषले उनलाई ६ महिना कैद र चार लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । घुसको तारतम्य मिलाइदिने ध्रुबबहादुर कडायतलाई पनि विशेषले दोषी ठहर गर्दै त्यति नै सजायको फैसला गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैलाई प्रतिवादी बनाई गत २० असारमा मुद्दा दायर गरेको थियो । ललितपुर उपमहानगरपालिका वडा नं. २२ बाट एक उद्योग चन्द्रागिरिमा सार्न घूस लिएको अख्तियारको अभियोग पत्रमा उल्लेख थियो । उर्मिला पाण्डेय तथा उनका साझेदारसँग वडाध्यक्ष तामाङले व्यवसाय स्थानान्तरणका लागि सिफारिस गरिदिन चार लाख रुपैयाँ घूस मागेको अख्तियारको दावी थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुँदैछ। निर्वाचन आयोगको आइतबार बसेको

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं