"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चन्द्रागिरिका वडाध्यक्ष तामाङ घूस लिएको अभियोगमा दोषी ठहर

प्रकाशित मिति :  28 January, 2025 10:14 pm


काठमाडौं – चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष भाइकृष्ण तामाङ घूस लिएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको मंगलबारको इजलासले वडाध्यक्ष तामाङलाई दोषी ठहर गरेको हो ।

विशेषले उनलाई ६ महिना कैद र चार लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । घुसको तारतम्य मिलाइदिने ध्रुबबहादुर कडायतलाई पनि विशेषले दोषी ठहर गर्दै त्यति नै सजायको फैसला गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैलाई प्रतिवादी बनाई गत २० असारमा मुद्दा दायर गरेको थियो । ललितपुर उपमहानगरपालिका वडा नं. २२ बाट एक उद्योग चन्द्रागिरिमा सार्न घूस लिएको अख्तियारको अभियोग पत्रमा उल्लेख थियो । उर्मिला पाण्डेय तथा उनका साझेदारसँग वडाध्यक्ष तामाङले व्यवसाय स्थानान्तरणका लागि सिफारिस गरिदिन चार लाख रुपैयाँ घूस मागेको अख्तियारको दावी थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार