"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल टेलिकमद्धारा १५ दिनका लागि विभिन्न प्याकेजहरू सार्वजनिक

प्रकाशित मिति :  4 February, 2025 4:15 pm


काठमाडौं – नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवमा  १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ । टेलिकमले माघ २२ गतेदेखि फागुन ८ गतेसम्‍म १५ दिनका लागि विभिन्न प्याकेज ल्याएको टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् । उनका अनुसार एनटीसीका ग्राहकले ५९ रुपैयाँमै १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डेटा र १२० मिनेटको भ्वाइस प्याकेज पाउनेछन् ।

यस्तै ग्राहकले ४९९ रुपैयाँमा एक महिनाका लागि अनलिमिटेड अलनेट भ्वाइसकल गर्न सक्नेछन् । त्यस्तै ५९९ रुपैयाँमा एकमहिनाभरी अनलिमिटेड डेटा प्याक चलाउन पाउने सुविधा दिएको छ ।

यस्तै  ७९९ रुपैयाँमा अनलिमिटेड प्रिमियम डेटा प्याक एक महिनाका लागि ग्राहकले सुविधा पाउनेछन् । साथै सोही रकम (९७७रुपैयाँ) तिरेर नेपाल टेलिकमको फेस्टिभ कम्बो प्याक पनि लिक सक्नेछन् । यसैगरी टेलिकमले माघ २२ गतेदेखि फागुन २१ गतेसम्म लागु हुने गरी  नयाँ तथा पुराना ग्राहकका लागि एफटीटीएच मार्फत ५०/७५/१००/१५० तथा २ सय एमबीपीएसको वार्षिक प्याकेज लिएर आएको छ। यो प्याकेज खरिद गर्दा ग्राहकले १ महिनाको थप सेवा पाउने टेलिकमले जनाएको छ ।

साथै दुई वर्षको समयावधिको एफटीटीएच प्याकेज किनेमा ग्राहकले १५ प्रतिशत छुटसमेत पाउनेछन् । यसैगरी टेलिकमले सामाजिक सञ्जाल टिकटक प्याकेज पनि लिएर आएको छ । दैनिक टिकटक चलाउने ग्राहकलाई टेलिकमले ४८ रुपैयाँमै ५ एमबीपीएस स्पीड क्षमताको २० जीबी  डेटा र  थ्रोटल १ एमबीपीएस उपलब्ध गराउने सुविधा दिएको छ ।

यस्तै हप्तादिनसम्म टिकटक चलाउने ग्राहकलाई भने १७० रुपैयाँमा दैनिक २० जीबी डेटा र ५ एमबीपीएसको, थ्रोटल २ एमबीपीएसको प्याकेज प्रदान गर्ने नेपाल टेलिकमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा