"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्यान्सर न्यूनीकरण गर्दै निवारण गर्ने नेपालको लक्ष्य छ : स्वास्थ्यमन्त्री पौडेल

प्रकाशित मिति :  4 February, 2025 10:25 pm


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले क्यान्सर निवारणका लागि धेरै काम गर्न बाँकी रहेको बताएका हुन् । 

‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै काम गर्न जरुरी छ । यसमा उपचारात्मक क्षेत्रमा पनि हामीले काम गर्न जरुरी छ । निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ । आज पाठेघरको क्यान्सरबाट मेरा आमाहरू, मेरा दिदीहरू, मेरा समकक्षी साथीहरू थुप्रैको मृत्यु भएको छ । दिनमा ४ जनाको मृत्यु हुने तथ्यांक हामीसँग उपलब्ध छ । यो भनेको भयावह हो । यसलाई न्यूनीकरण गर्दै निवारणको स्थितिमा पुर्‍याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ । निवारणको तहमा पुर्‍याउन सबैलै पहल गर्न जरुरी छ,’उनले भने ।

मन्त्री पौडेलले काम गर्ने चाहना भए पनि आवश्यक श्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्यूनीकरण गर्न सकिने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द