"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुनिल पौडेलविरुद्ध घुस लिएको आरोपमा पनि भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  6 February, 2025 9:30 pm


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निवर्तमान कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध घुस लिएको आरोप भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा खरिदमा संलग्न कम्पनीहरूबाट घुस लिएको आरोपमा अख्तियारले पौडेलमाथि मुद्दा दायर गरेको हो ।

अख्तियारले पौडेलमाथि ३ करोड ८ लाख रुपैयाँ घुस खाएको आरोप लगाएको छ । एफ–५ कम्पनीका प्रतिनिध दिपक आनन्दसँगको मिलेमतोमा ठेक्कापट्टा गरेको र त्यसबापत घुस लिएको आरोप उनीमाथि छ ।

२०७४/७५ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा पौडेलले सुरक्षासम्बन्धी सफ्टवेयर र नेटवर्किङ उपकरण खरिदको निर्णय गरेका थिए । त्यसक्रममा एफ–फाइभ कम्पनीका नेपाल प्रतिनिधि दिपक आनन्द र सुनिल पौडेलले मिलेमतोमा लागत अनुमान तयार गरेको अख्तियारको आरोप छ ।

उनीहरूले कागजातमा मिलेमतो गराइ अस्ट्रल कम्प्यूटर्स नेपाल प्रा.लिको प्रस्ताव स्विकृत गरेका थिए । त्यसक्रममा लागत अनुमानको एक प्रतिशत कम रकममा मात्रै ठेक्का सम्झौता भएको थियो ।

त्यसक्रममा अस्ट्रल कम्प्यूटर्सले १० लाख ५३ हजार अमेरिकी डलर सिंगापुरमा पठाएको र त्यो रकम दिपक आनन्दले सिंगापुरबाट सुनिल पौडेललाई नै घुसबापत उपलब्ध गराएको अख्तियारको दाबी छ ।

मिलेमतोमा ठेक्का सम्झौता भएको र त्यसपछि २५ साउन, २०७५ मा तीन करोड ८ लाख रुपैयाँ घुस लेनदेन भएको अख्तियारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुँदैछ। निर्वाचन आयोगको आइतबार बसेको

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं