"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्याङबोचेमा जलवायुको असरबारे न्याय खोज्दै नेविसंघको गोष्ठी सम्पन्न

प्रकाशित मिति :  7 February, 2025 9:22 pm


काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले सोलुखुम्बुको जलवायु सम्बन्धी गोष्ठी गरेको छ । जलवायु परिर्वतनबारे भएको संगोष्ठीको मुख्य सन्देश ‘वान अर्थ, वान भोइस, एक्ट अन क्लाइमेट चेञ्ज’ बनाइएको थियो ।

नेविसंघले आयोजना गरेको जय नेपाल टी–२० कपको विजयी टीम मध्यपश्चिम विश्वविद्यालय पनि गोष्ठीमा सहभागी भएको थियो । जय नेपाल कपलाई जलवायु परिवर्तनको मुद्दासँग पनि जोडिएको हुँदा हिमाली क्षेत्रमा संगोष्ठी गरिएको संघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए ।

कार्यक्रममा सहभागी हुने प्रतिनिधिमा सगरमाथा राष्ट्रिय निकुञ्ज, हिमालयन ट्रेकर्स, स्थानीय बासिन्दा, ट्रेकरहरू लगायत सहभागी थिए । बिहीबार भएको कार्यक्रमका लागि नेविसंघले क्लिन इनर्जी नेपाल, हरिण नेपाल, नेपाली युवा जलवायु अभियान, वल्ड्र्स युथ फर क्लाइमेट जस्टिस, युथ एक्शन फर सस्टेनेबल एण्ड इको नेपाल, तथा युथ इनिसिएटिभसँग सहकार्य गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक