"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्याङ्जाको कालीगण्डकी देशैभरका गाउँपालिकामध्ये उत्कृष्ट

प्रकाशित मिति :  15 February, 2025 1:07 pm


स्याङ्जा – देशैभरिका गाउँपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका उत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा ७८.२ प्रतिशत अंक सहित कालीगण्डकी गाउँपालिका प्रथम भएको हो। स्याङ्जा जिल्लाको विकटमा कालीगण्डकी गाउँपालिका पर्छ।

देशभरि ४६० गाउँपालिका छन्। यी गाउँपालिकामध्ये कालीगण्डकी गाउँपालिका र धादिङको नेत्रावती गाउँपालिकाले उत्कृष्ट नम्बर प्राप्त गरेको वित्त आयोगले जनाएको छ। गण्डकी प्रदेशमा भने नगरपालिकासहित सबै स्थानीय तहमध्ये नै कालीगण्डकी गाउँपालिका उत्कृष्ट बनेको छ। गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह छन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले गरेका कार्य सम्पादनको मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको हो। स्याङ्जाकै आँधीखोला गाउँपालिका ७८ प्रतिशत अंक प्राप्त गर्दै द्वितीय र फेदिखोला गाउँपालिका ७७.९ अंक प्राप्त गर्दै तृतीय भएका छन्।

देशभरिका ७५३ वटा स्थानीय तहमध्ये पनि कालीगण्डकी गाउँपालिकाले चौथो स्थान प्राप्त गरेको छ। ​स्याङ्जाकै आँधीखोला गाउँपालिका देशभरिबाट पाचौँ बनेको छ। स्थानीय तहबीच सकारात्मक प्रतिस्पर्धा होस् भन्ने उद्देश्यले आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार मूल्यांकन गर्छ।

आर्थिक वर्षको राजस्व र आय-व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए वा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसहितका विभिन्न सूचकमा मूल्याङ्कन हुन्छ।

यो नतिजाले अझै बढी काम गर्ने हौसला मिलेको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। उनी गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत हुन्। गाउँपालिका अध्यक्षमा थापाको यो दोस्रो कार्यकाल हो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द