"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कार्यसम्पादन सूचकहरूमा फड्को मार्दै गल्याङ नगरपालिका

प्रकाशित मिति :  9 March, 2025 10:04 pm


स्याङ्जा – पछिल्लो समय गल्याङ नगरपालिकाले विभिन्न सुचकहरुको सुधारका लागि समयानुकुल नीतिहरुको निर्माण र कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । सामाजिक, आर्थिक, स्वास्थ्य, शैक्षिक, शासकीय र समानतासंगै कार्यसम्पादनका सुचकहरुमा पनि उल्लेख्य सुधार गरेको छ ।

संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अनुरुप स्थानीय तहको दोश्रो कार्यकालमा गल्याङ नगरपालिकाको स्थानीय तह सस्थागत क्षमता मुल्याङकन ८ प्रतिशतले सुधार गरेको छ । गत आर्थिक वर्ष ८२.७५ प्रतिशत रहेको सुचकलाई सुधार गरी ९० प्रतिशतमा पुर्‍याएको छ ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा गत वर्ष ६८ प्रतिशतमा रहेको सुचक हाल ८९ प्रतिशतमा पुगेको छ । त्यस्तै स्थानीय तह कार्यसम्पादन मुल्याङ्कन सुचकमा ५२.३५ प्रतिशतबाट बढेर ७१.१२ प्रतिशतमा पुगेको छ । यस्तै, अन्य शिक्षा, स्वास्थ्य, समानता, पूर्वाधार लगायतका सुचकहरुमा पनि उल्लेख्य प्रगति गर्दै आएको छ । नेतृत्वको सुशासन सम्बन्धि अवलम्बन गरेको कार्यनीति र सम्वद्ध सम्पुर्ण तह र वडाहरुको सहकार्य र समन्वयमा उपलब्धि हासिल हुँदै गएको तथ्यले देखाउछ ।

नगर प्रमुख गुरु प्रसाद भट्टराईका अनुसार पालिकाको मुख्य ध्येय शासकीय सुधार र कार्यसम्पादनलाई छिटो, छरितो र उपलब्धीमुलक बनाउने उद्देश्य अनुरुप कार्य गरेकाले सुचकहरु क्रमिक रुपमा सुधारमा गएका छन् । यसले आगामी आर्थिक बर्षहरुमा समेत थप सफलता सहित अगाडि बढ्न प्रेरणा मिलेको बताए ।

स्थानीय जनताको जनअपेक्षा र विभिन्न सुचकहरु सुधारका लागि नगरपालिकाले नीति तथा कार्यक्रम, बजेट र योजनाहरु तय गरेको नगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्