"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वभरका स्थानीय मध्येमा तिलोत्तमा असल अभ्यासको उत्कृष्ट ४० सूचीमा

प्रकाशित मिति :  20 March, 2025 10:14 am


बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरु बीचको अवार्ड प्रतियोगिताको उत्कृष्ट ४०को सूचीमा परेको छ ।

अर्जेन्टिनाको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडीपी) संस्थाले आयोजना गरेको २४औं संस्करणको अवार्डका लागि तिलोत्तमा पहिलो चरणमा उत्कृष्ट ४० भित्र परेको हो ।

ओआईडीपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पाँच वटा विषयमा आवेदन माग गरेकामा तिलोत्तमा नगरपालिका जनसहभागितामा सञ्चालित सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियानबाट पहिलो चरणमा उत्कृष्ट ४० भित्र परेको नगर प्रमुख रामकृष्ण खाँणले बताए ।

अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएका थिए । प्रारम्भिक सूचीमा परेका ४० स्थानीय र प्रदेश सरकारबीच अनलाइन भोटिङको ५० अंक तथा निर्णायकको मूल्याङ्कनको ५० अंकको आधारमा अवार्ड विजेता घोषणा गरिने ओआईडीपीको वेबसाइटमा उल्लेख छ । अवार्ड घोषणा समारोह आगामी मे महिनाको २१देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने छ ।

तिलोत्तमा नेपालको मात्र नभई सार्क राष्ट्रकै एक मात्र स्थानीय सरकारका रुपमा यो अवार्डको सूचीमा परेकाले अनलाइन भोटिङ खुला भएपछि तिलोत्तमालाई मत दिएर जिताई नेपाललाई अन्तर्राट्रिय जगतमा थप चिनाउन नेपालभर र विश्वभर रहेका नेपालीलाई नगर प्रमुख खाँणले अपील गरे ।

ओआइडिपीले मार्च अन्तिमभित्रै एक हप्ताको अवधि निर्धारण गरी अनलाइन भोटिङ खुला गर्ने जानकारी गराएको नगरपालिकाका अधिकृत शंकर पन्थीले जानकारी दिए । अनलाइन भोटिङ गर्दा एकजनाले ५ वटै विषयमा मत दिनुपर्ने अन्यथा मत रद्द हुने नियम रहेको पन्थीले बताए । ओआईडीपीको वेबसाइटमै गएर मत दिन सकिने उनले बताए ।

तिलोत्तमा नगरपालिकामा २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाइ तथा हरियाली प्रवद्र्धन अभियान आठौं वर्षमा निरन्तर चलिरहेको छ । उक्त अभियानको १४० औं श्रृंखला सम्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्