"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति :  27 March, 2025 10:25 pm


काठमाडौँ । बझाङ्गको खप्तडछान्ना गाउँपालिका तत्कालीन अध्यक्ष र वडा नम्बर ४ का  वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सिम्लका घट्ट सिंचाई कुलो निर्माणमा आर्थिक वर्ष २०७६/७७ मा रकम विनियोजन गरी आर्थिक वर्ष २०७७/७८ मा कुनै पनि काम नगरी १४ लाख आठ हजार ८१७ रुपियाँ भुक्तानी लिइ अनियमितता गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया, वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष भीमबहादुर रोकायासहित सात जनाविरुद्ध मुद्दा दायर भएको हो। 

उक्त मुद्दामा  गाउँ कार्यपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपककुमार रावल,   इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर लेखापाल मदनराज जोशी, सिंचाई कुलो योजनाको उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायालाई विपक्षी बनाइएका छ ।

अख्तियारले उनीहरुलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १२ बमोजिमको कसुरमा कैद र जरिवाना सजाय माग गरेको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार