"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं आज विश्वकै प्रदूषित सहर

प्रकाशित मिति :  2 April, 2025 5:36 pm


काठमाडौँ – लगातार चार दिनदेखि काठमाडौंको हावा प्रदूषित बनेको छ । चैत १७ आइतबारदेखि २० बुधबारसम्म काठमाडौंको हावाको गुणस्तर तह ‘निकै प्रदूषित’ तहमा रहेको छ । 

चैत १७ गते आइतबार काठमाडौंको वायु गुणस्तर २११ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) रहेको थियो । यस्तै चैत १८ गते सोमबार २३२, चैत १९ गते मंगलबार २२३ र चैत २० गते बुधबार (चार बजे) २४७ एक्यूआई पुगेको हो । काठमाडौंको वायुको गुणस्तर लगातार दुई सय एक्यूआई पुगेसँगै बुधबार पनि काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ ।

यसले अहिले आँखा पोल्ने र वायुमण्डल धुलोका कणहरू जमेर सेतो तुवाँलो देखिएको छ । काठमाडौंको वायु लगातार प्रदूषित बनेपछि वातावरण विभागले घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घर बाहिर ननिस्कन अनुरोधसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- वैदेशिक रोजगार विभागका सुब्बा घुससहित रङ्गेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान विभागको टोलीले विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत

काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ

काठमाडौँ – सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस

काठमाडौँ — नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा