"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल प्रज्ञा प्रतिष्ठानले १० जनालाई पुरस्कृत गर्ने

प्रकाशित मिति :  3 April, 2025 9:30 pm


काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ। प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारको राशि प्रतिपुरस्कार एक लाख रुपैयाँ रहेको प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिए।

२०८१ को प्रज्ञा भाषा पुरस्कार चूडामणि रेग्मीलाई प्रदान गर्ने निर्णय भएको छ। यसैगरी प्रज्ञा सामाजिक शास्त्र पुरस्कार दिल साहनीलाई, प्रज्ञा संस्कृति पुरस्कार डिक बान्तवालाई, प्रज्ञा बालसाहित्य पुरस्कार शारदारमण नेपाललाई प्रदान गर्ने निर्णय गरिएको  सुवेदीले बताए।

प्रज्ञा साहित्य (पद्य) पुरस्कार जसरात किरातीलाई, प्रज्ञा साहित्य (पद्य) पुरस्कार कृष्ण धरावासीलाई, प्रज्ञा समालोचना पुरस्कार सुधा त्रिपाठीलाई, प्रज्ञा दर्शन पुरस्कार गोपीरमण उपाध्यायलाई प्रदान गर्ने निर्णय भएको छ। प्रज्ञा अनुवाद पुरस्कार बलराम अधिकारीलाई र प्रज्ञा अनुवाद पुरस्कार भवीलाल लामिछाने (भारत)लाई प्रदान गर्ने निर्णय भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी