"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आईसीसी यू-१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित

प्रकाशित मिति :  16 April, 2025 4:19 pm


काठमाडौं – नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो । तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्‍यो । ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । त्यसअघि निरज यादवले २३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो । शिव माथुरले सर्वाधिक ६३ रन बनाए । आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए ।

सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाए । ६० रन जोड्दा दोस्रो विकेट गुमाएको हङकङले त्यसपछि निरन्तर विकेट गुमाइरहँदा सामान्य योगफलमै चित्त बुझायो ।

नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । बिपिन प्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।

नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।नेपालजस्तै अपराजित अफगानिस्तानले आज माथिल्लो मुलपानीमा यूएईसँग खेल्दै छ र पहिले ब्याटिङ गरेर ३५९ रनको विशाल योगफल खडा गरेको छ । आज अफगानिस्तानले यूएईलाई हराएमा नेपाल र अफगानिस्तानबीच शनिबार हुने खेल निर्णायक हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ। ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ ।

काठमाडौँ- ‘अन्डर लाइट्स सिरिज’को दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गरेको छ। काठमाडौँको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा

काठमाडौं – वर्षाले प्रभावित नेपालविरूद्धको पहिलो टी-२० खेलमा युएई विजयी भएको छ।  सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईले नेपालमाथि ६ विकेटको