"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको शिष्टाचार भेट

प्रकाशित मिति :  १० बैशाख २०८२, बुधबार २१:५०


काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भारतीय विद्युतमन्त्री खट्टरले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन्।

भेटका क्रममा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र जलविद्युत क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ। ‘दुई नेताले नेपाल–भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध पुनः पुष्टि गर्दै जलविद्युत क्षेत्रमा सहकार्य विस्तार गर्ने उपायहरूबारे छलफल गरेका थिए,’ काठमाडौँस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमा लेखेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर मंगलबार खट्टर नेपाल आएका हुन्। खड्का र खट्टरले नेपाल–भारत ऊर्जा क्षेत्रीय सहकार्यसम्बन्धी द्विपक्षीय बैठकको संयुक्त अध्यक्षता गरेका थिए।

दुवै मन्त्रीहरूको उपस्थितिमा मंगलबार नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन लिमिटेडबीच संयुक्त लगानी कम्पनी गठन गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। यी कम्पनीहरू इनरुवा–न्यु पुर्णिया र दोदोहरा–बरेली गरी दुईवटा उच्च क्षमताका ४०० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण गर्नेछन्।

मन्त्री खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकनसमेत गरेका थिए। यस अवसरमा ऊर्जामन्त्री खड्का र भारतीय विद्युतमन्त्री खट्टरले आयोजनाको ‘युनिट–२’ को संयुक्त रुपमा उद्घाटन गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – रेशम चौधरीलाई वैशाख १७ गते पक्राउ गरेर करिब पाँच घन्टा डिल्लीबजार कारागारमा राखेर रिहा गरिएको घटनामा जनमत पार्टी र नागरिक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार छलफल भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको

काठमाडौँ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न सुझाव दिएका छन्। देउवाले उपप्रधानमन्त्री

काठमाडौँ – संसद बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच घोचपेच चलेको छ। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई