"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले जुनसुकै आतंकवादको कडा शब्दमा निन्दा गर्छ : परराष्ट्रमन्त्री

प्रकाशित मिति :  26 April, 2025 9:30 pm


काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन् ।

भारत कश्मीरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज आयोजित सभामा उनले नेपाल सधैं आतङ्कवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट पारिन् ।

‘नेपालले आतंकवादको सबै स्वरूप र अभिव्यक्तिको कडा निन्दा गर्छ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ,’ उनले भनिन् ।

आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै उनले नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताविरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट पारिन् । उनले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको र आतंकवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएको बताइन् ।

नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै मन्त्री राणाले यो सम्बन्ध कूटनीतिको विषय मात्र नभएर सदियौंदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि रहेको बताइन् ।’हाम्रा खुला सिमाना एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धले आपसमा नाता पनि गाँस्छन् । हामी सधैं खुसी या संकटको समयमा एकसाथ उभिएका छौं । भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात अगाडि बढाएको भारतले नै हो,’ उनले भनिन् ।

मन्त्री राणाले पहलगाम घटनामा निधन भएका सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद पनि दिइन् ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा उनी पार्टीको महिलातर्फको

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा

काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ