"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “सी स्ट्राइक्स’’ च्याम्पियन

प्रकाशित मिति :  30 April, 2025 12:22 pm


काठमाडौँ – सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सी स्ट्राइक्स ( कर्पोरेट महिला क्रिकेट” प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो ।

मुलकोटस्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै पाँच ओभर खेलेर एक विकेटको क्षतिमा जम्मा ३२ रन जोड्न सक्यो ।
सानिमा रिलायन्सलाई लगातार दोस्रो पटक कर्पोरेट महिला क्रिकेटको उपाधि जिताउन कप्तान स्वस्तिका कार्कीको योगदान निकै नै महत्त्वपूर्ण रह्यो । सूर्य नेपाल विरुद्धको फाइनल खेलमा प्लेयर अफ दि म्याच घोषित कार्कीले प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड पनि प्राप्त गरिन् ।
सनशनीपूर्ण प्रदर्शन गरेकी कार्कीले प्रतियोगिताभर कुल तीन पटक प्लेयर अफ दि म्याच अवार्ड प्राप्त गरिन् । यस्तै सानिमा रिलायन्सकी रक्षा रानाले पनि एक खेलमा प्लेयर अफ दि म्याच पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताभरि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि सानिमा रिलायन्सकै कप्तान स्वस्तिका कार्की बनिन् ।

एन इभेन्टस्को आयोजना रहेको प्रतियोगिता वैशाख १२ देखि १३ गतेसम्म चलेको थियो । प्रतियोगितामा कुल ९ टिम सहभागी थिए भने प्रति पारी पाँच ओभर खेलाइएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द