"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रभावकारी नीति तथा कार्यक्रम ल्याउने सत्तारुढ दलको प्रतिबद्धता

प्रकाशित मिति :  30 April, 2025 2:25 pm


काठमाडौं – सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधबार भएको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल भएको छ ।

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीका अनुसार अर्थतन्त्रलाई लयमा ल्याउने गरी आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव सत्तारुढ दलका नेताहरूको छ । ‘समग्रमा विगत वर्षको भन्दा मेजर ब्रेक थ्रु हुने गरी नीति तथा कार्यक्रम आओस् भनेर नेताहरूले सुझाव दिनुभएको छ,’ उनले भने ।

समग्रमा बसइँसराइ रोक्नका लागि पहाड केन्द्रित रोजगारी, कृषि विकास र पशुविकासका कार्यक्रमहरू अगाडि बढाउने विषयमा पनि सुझाव आएको उनको भनाइ छ । बैठकमा खास गरी लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणबाट भइरहेका हमला र आक्रमणलाई सामूहिक रूपमा जवाफ दिने विषयमा छलफल भएको उनले बताए ।

विकास निर्माणलाई प्रभावकारी बनाउन आयोजनाहरूलाई उच्च प्राथमिकीकरण गर्नुपर्ने विषयमा बैठकमा सहभागी नेताहरूबाट सुझाव आएको उनले बताए । आयोजनाहरू अत्यन्त धेरै छरिएको र स्रोतहरूको एक किसिमले अपव्यय भइरहेको अवस्थालाई अन्त्य गर्नुपर्छ सुझाव पनि आएको उनले बताए ।

उनले भने, ‘खासगरी युवा पुस्ताहरूमा आशा र विश्वास जगाउनका लागि निम्ति उनीहरूमा उद्यमशीलता, सिप विकास, स्टार्टअप, व्यावसायिक प्लान्ट र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरू आओस् भन्ने पनि दलहरूले सुझाव दिनु भएको छ ।’

अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल संरचना र फजुल खर्चहरूलाई निर्मतापूर्वक कटौती गर्ने र सरकारको कार्य दक्षता बढाउने विषयमा पनि छलफल भएको उनले बताए । वाह्य सम्बन्धहरूलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको उनले बताए । राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संसद्‍मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी