"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट

प्रकाशित मिति :  9 May, 2025 5:01 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

भेटका क्रममा पहलगाम घटना र अहिले जारी भारत–पाकिस्तानबीचको तनावबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राजदूत श्रीवास्तवले आतंकवादीविरूद्ध भारत सरकारले चालेको कदमबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। उनले भारतले जवाफी कारबाही गरेको बताएका थिए।

भारत–पाक तनावबारे नेपाल सरकारका तर्फबाट बिहीबार सार्वजनिक भएको वक्तव्यप्रति उनले धन्यवाद दिए । यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिको पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादी गतिविधिविरूद्ध आफ्नो दृढ अडानअनुसार आतंकवादी आक्रमणको भत्र्सना गरेको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय