"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट

प्रकाशित मिति :  9 May, 2025 5:01 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

भेटका क्रममा पहलगाम घटना र अहिले जारी भारत–पाकिस्तानबीचको तनावबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राजदूत श्रीवास्तवले आतंकवादीविरूद्ध भारत सरकारले चालेको कदमबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। उनले भारतले जवाफी कारबाही गरेको बताएका थिए।

भारत–पाक तनावबारे नेपाल सरकारका तर्फबाट बिहीबार सार्वजनिक भएको वक्तव्यप्रति उनले धन्यवाद दिए । यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिको पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादी गतिविधिविरूद्ध आफ्नो दृढ अडानअनुसार आतंकवादी आक्रमणको भत्र्सना गरेको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा उनी पार्टीको महिलातर्फको

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा

काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ