"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  11 May, 2025 3:22 pm


काठमाडौं – काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत एक सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ ।

उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ । पौडेलले ९ वैशाख २०५१ देखि ३१ असार २०८० सम्मको अवधिमा उक्त अकुत रकम कमाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुँदैछ। निर्वाचन आयोगको आइतबार बसेको

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं