"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आईसीसी विश्वकप लिग–२ : नेपाली टोली स्कटल्याण्ड

प्रकाशित मिति :  16 May, 2025 9:14 pm


काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई बुधबार बिदाइ गरेको छ। नेपाली टोली साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्नेछ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रीय सदस्य छुम्बी लामालगायतले एक कार्यक्रममा खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे। क्यानका अध्यक्ष चन्दले बेलायतमा हुने अभ्यास खेलले टोलीलाई हौसला प्रदान गर्ने भन्दै लिग–२ शृंखलाका लागि शुभकामना प्रदान गरे।

नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग आगमी जुन २ देखि १० तारिख (आगामी जेठ १९–२७ गते) सम्म श्रृंखला खेल्नेछ। लिग–२ श्रृंखलापछि नेपालले ती देशसँग टी–२० आई श्रृंखलासमेत खेल्ने क्यानले जनाएको छ।

यो श्रृंखला जुन १५ देखि २० तारिख (आगामी असार १–६ गते) सम्म सञ्चालन हुनेछ। लिग–२ खेल्नु अगाडि नेपालले बेलायतको स्थानीय टोली तथा स्टकल्याण्डको ‘ए’ टोलीसँग अभ्यास खेलसमेत खेल्नेछ।

लिग–२ शृंखलाका लागि नेपाली टोलीको कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको