"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुनिल पौडेलसहित पाँच जनाविरुद्ध पाँच करोड ७९ लाख रुपियाँको भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  19 May, 2025 3:30 pm


काठमाडौँ – राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध पाँच करोड ७९ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अखितयार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा खरिद गरिएका मुख्य प्राविधिक उपकरणहरुको मूल्य अनलाइन स्रोतमा प्राप्त हालको मूल्यसूचीभन्दा बढी पाइएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रुपियाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेसनलले २०७६ असार ४ मा उक्त केन्द्रमा पेस गरेको इन्भ्वाइस नम्बर ६१२४ अनुसार ‘ट्रेनिङ एण्ड अनटाइम इनस्टलेसन एण्ड कन्फिगरेसन एट जीआइडीसी एण्ड डीआरसी’ शीर्षकको भ्याट बाहेक तीन करोड १४ लाख रुपियाँ म्याक्स इन्टरनेसनललाई भुक्तानी भएको देखिएको, मिलेमतोमा स्वार्थ बाँझिने गरी लागत अनुमान तयार गरेको, सम्झौता बमोजिमको कार्य नै नभएको अवस्थामा समेत कार्य भएको भनी भुक्तानी दिए/लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल भन्ने रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेसनल प्रा. लि., पुतलीसडक, काठमाडौँ र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनविरुद्ध बिगो रकम पाँच करोड ७९ लाख रुपियाँ कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोेगले जनाएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार