"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस र एमाले शीर्ष नेताको बैठक बालुवाटारमा

प्रकाशित मिति :  25 May, 2025 9:00 pm


काठमाडौँ – कांग्रेस, एमालेका शीर्ष नेतासहित बालुवाटारमा बैठक भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेका बेला शीर्ष नेतासहित दुई दलको बैठक भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुका भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले वरिष्ठ उपाधयक्ष ईश्वर पोखरेल सहभागी छन् ।

बैठकमा आगामी आर्थिक वर्षको बजेट ल्याउने दिन नजिकिँदै गर्दा भिजिट भिसा प्रकरणमा विपक्षी दलले गर्न सक्ने विरोधका बारेमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । त्यस्तै भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि प्रश्न उठिरहेका बेला दुई दलको बैठकमा छलफल हुने छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद