"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस र एमाले शीर्ष नेताको बैठक बालुवाटारमा

प्रकाशित मिति :  25 May, 2025 9:00 pm


काठमाडौँ – कांग्रेस, एमालेका शीर्ष नेतासहित बालुवाटारमा बैठक भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेका बेला शीर्ष नेतासहित दुई दलको बैठक भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुका भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले वरिष्ठ उपाधयक्ष ईश्वर पोखरेल सहभागी छन् ।

बैठकमा आगामी आर्थिक वर्षको बजेट ल्याउने दिन नजिकिँदै गर्दा भिजिट भिसा प्रकरणमा विपक्षी दलले गर्न सक्ने विरोधका बारेमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । त्यस्तै भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि प्रश्न उठिरहेका बेला दुई दलको बैठकमा छलफल हुने छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी