"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नभएको कांग्रेसको निष्कर्ष

प्रकाशित मिति :  26 May, 2025 12:14 pm


काठमाडौँ – नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्‍त्री रमेश लेखकको संलग्नता नरहेको बताएको छ। सोमबार बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छलफल भएको थियो। 

उक्त बैठकपछि कांग्रेस प्रकाशशरण महतले सञ्चारकर्मीसँगको कुरकानीमा गृहमन्त्री लेखकको कुनै गल्ती नभएको बताएका हुन्। ‘गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे सविस्तारमा आफ्नो कुरा राख्‍नुभयो। र आफ्नो कुनै पनि हिसाबले संलग्नता छैन। कुनै पनि कमिकमजोरी गल्ती छैन भन्ने कुरा राख्नुभयो,’ उनले भने, ‘त्यो राखेपछि हामीले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गर्‍यौं। साँच्चिकै भिजिट भिसा प्रकरणमा उहाँको संलग्नता छैन।’

यद्यपि संलग्न व्यक्तिहरूमाथि कारबाही हुनुपर्ने उनले बताए। ‘तर जो संलग्न छन् उनीहरूमाथि कारबाही हुनुपर्छ, उनीहरूमाथि निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा दुई मत छैन,’ लेखकले भने। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ठूलो रकम उठाएर भिजिट भिसाको दुरूपयोग गरी मानिसलाई विदेश पठाउन सहजीकरण गर्ने गरेको सूचनापछि अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको थियो।

अख्तियारले उक्त अध्यागमनका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छाडेको थियो। अख्तियारले उनको मोबाइल लगायत डिभाइसलाई नियन्त्रणमा लिएर प्रयोगशालामा पठाएको छ। गृह मन्त्रालयले यस घटनापछि अध्यागमनमा कार्यरत ठूलो संख्यामा कर्मचारीहरूको सरूवा गरेको छ।

उक्त प्रकरणमा विपक्षी दलका केही नेताहरूले मन्त्री लेखकले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । कांग्रेसकै नेता शेखर कोइालाले पनि लेखकले राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका