"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वर्गद्धारीबाट देखिएको मनमोहक दृश्य

प्रकाशित मिति :  1 June, 2025 12:17 pm


प्यूठान – नेपालको धार्मिक, साँस्कृतिक इतिहास यो मुलुकको उत्पति जति नै पुरानो छ । यो कुराको अनुभूति प्राचीन र मध्यकालीन समयमा बनेका सुन्दर र कला कौशलमा देखिएको धार्मिक अभिव्यक्तिबाट गर्न सकिन्छ । नेपालको प्रत्येक पाइलामा एउटा पर्यटकले मन्दिर र गुम्बाहरु, धार्मिक सभा, धार्मिक भाव अभिव्यक्त धार्मिक भाव अभिव्यक्त गर्ने संगीतका स्वर लहरीहरु देख्न सुन्न पाउँछौ । नेपाल विभिन्न धर्म मान्नेहरु छन् तथापि लोकप्रिय धर्मको रुपमा भने हिन्दू र बौद्ध धर्मको रुपमा लिइन्छ ।

स्वर्गद्धारी आश्रम : पवित्र पर्यटकिय स्थल

हिन्दूवादमा वेद पुराण, रामायण महाभारत, भागवत गीता आदि जस्ता ग्रन्थहरुको श्रवण ताथ पुजागर्ने चलन पाइन्छ । हिन्दूहरु यस जन्मको कर्मको आधारमा अर्को जन्ममा दुःख, सुख प्राप्त हुने विश्वास गर्दछन् । त्यसैले यस जुनीमा पनि सुख शान्ति र समृद्धिको लागि यज्ञ, जप, तप, दान, पाठ र ब्रत बस्ने गर्ने गर्दछन् । नेपालमा असंख्य मठ मन्दिरहरु रहेका छन्, जहाँ बर्षेनी स्वदेशी तथा विदेशी तीर्थयात्रीहरु याउने गर्दछ। उपत्येका बाहिर रहेको विभिन्न तीर्थस्थलहरु मध्ये पवित्र तीर्थस्थलको रुपमा स्वर्गद्धारी आश्रमलाई लिइन्छ।

पश्चिम नेपालको राप्ती अञ्चलको प्युठान जिल्लामा अवस्थित एउटा पवित्र ‘यज्ञस्थली’ हो स्वर्गद्धारी आश्रम । सदरमुकाम खलङ्गा बजारबाट करिब २५ किलोमरि टाढा पश्चिम उत्तर किरब ६९६० फीटको उचाईमा रहेको यो एक पहाडी लेक हो । स्वर्गद्धारा डाँडामा शीतल हावापानी छ । यस पवित्र टाकुरामा पुग्नासाथ वेदध्वनिका स्वाहाकारका स्वरहरु गुञ्जिरहेको सुन्न पाइन्छ । यहाँ एक सय वर्षभन्दा अघिदेखि स्थापना गरिएको यज्ञकुण्डको अग्नि निरन्तर प्रज्वलित छ । प्रस्तुत यज्ञशालाको अग्निकुण्डमा प्रज्वलित गरिएका अग्निदेवता, वैदिक मन्त्रद्धारा शास्त्रीय विधिले अग्निहोत्री विद्धानहरुबाट प्रज्वलनमा ल्याइएका हुन् । यो ‘यज्ञआश्रम’ हो यहाँ बाह्रै महिना अहोरात्र यज्ञ चलिरहन्छ । श्रीमद्भागवतको एकादशस्कन्दको पाँचौ अध्यायमा यज्ञस्वरुप भगवानको विशद वर्णन गरिएको छ । यसमा वैदिक ‘यज्ञपुरुष’ र स्मृति पुराणहरुले गर्ने ‘यज्ञपुरुष’ को वर्णन, कल्पभेद र युग  भेदका कारणले विविध रुपले उल्लेख भएको पनि पाइन्छ ।

अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः ।
यज्ञाद् भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः ।।

यहाँ अन्नद्धारा मनुष्यलगायत समस्त प्राणी (जीव) को उत्तपत्ति हुन्छ, यज्ञद्धारा पर्जन्य (मेघ) को उत्पत्ति हुन्छ र पानी पर्छ, अनि खेती पाती राम्रो हुुन्छ भन्ने गीतामा वर्णन गरिएको छ । विशाल यज्ञमण्डम भित्रको होम अग्निकुण्डमा धृतधारासहित नित्य हवन यज्ञ भइरहन्छ । स्वर्गद्धारी यज्ञआश्रम झट्ट हेर्दा नौ वटा मन्दिर जस्तो देखिन्छ तर भित्र एउटै । त्यस्तै अन्य देवी देवतका मन्दिर मूतिहरु प्नि यहाँ असड्.ख्य छन् । यस मन्दिरमा भगवान शिवका प्रतीक शिवलिङ्ग स्थापित गरिएको छ । यो तीर्थस्थलको स्थापना स्वर्गद्धारा ब्रह्मचारी स्वामी श्री १०८ हंसानन्द गिरिबाट भएको हो । उहाँ बाल्यकालदेखि (सानै उमेरमा) पहाडी लेकको एक जंगलस्थित ओडारमा बसी लामो समयसम्म कठोर तपस्यामा लीन हुनुभएको बेलामा गाउँले मानिसहरुले उहाँलाई भेट्टाएका हुन् । त्यसपछि उहाँलाई ‘बालतपसी’ भन्न थालियो ।

उहाँलाई तपस्याको प्रभावले सिद्धि प्राप्त भएको थियो । पछि उहाँले भविष्यवाणी गर्न थाल्नुभयो, सबै भविष्ययवाणी सत्य सावित भएर जान्थे । त्यसपछि उहाँलाई सबैले ‘महाप्रभु’ भन्न थाले । सर्वत्र प्रसिद्धि बढ्दै गयो । उहाँले नै यहाँ संस्कृत पाठशालामा निःशुल्क खान र बस्न समेत दिई विद्यार्थीहरुलाई वेद, रुद्री कौमुदी, चण्डी र कर्मकाण्डसमेत संस्कृतका धर्म ग्रन्थहरुको पठन पाठनको व्यवस्था गरको हो । उहाँको जीवनकालमा नै यस अखण्ड यज्ञस्थललाई निरन्तरता दिई जीवन्त राख्न दाड. देउखुरीमा प्रशस्त जग्गा गुठी राखिएको छ । यही जग्गाको आयस्ताबाट यज्ञकार्य र अन्य धर्मकार्यहरु समेत सम्पन्न गर्ने गरिएको छ ।

swargadwari temple

स्वर्गद्धारी घुम्नजाने उपयुक्त समय

यस पवित्र स्वर्गद्धारी डाँडाको पवित्र भूमिमा स्वयम भगवान ब्रम्हाले तपस्या गरेका थिए । यस ठाउँमा द्धापर युगमा पञ्च पाण्डवहरु यतैबाट स्वर्ग गएका थिए । स्वर्ग जाने ढोका भएकोले स्वर्गद्धारी भनिएको किंवदन्ती छ । स्वर्गद्धारीमा नेपाली भन्दा भारतीय बढी आउँछन् । बैशाख पूर्णिमा, गुरु पूर्णिमा, गाई तिहार र पुस माघमा भीड हुन्छ । जुन समयमा आधुनिक यातायात र अन्य सुविधाहरु थिएनन् त्यस सयममा पनि मानिसहरु धार्मिक आस्थाले भ्रमणमा निस्कन्थ् भने अहिले सम्पूर्ण सुविधाहरु उपलब्ध छन् र मानिसको संख्या पनि बढिरहेको छ ।

स्वर्गद्धारी कसरी पुग्ने सकिन्छ ?

यहाँ पुग्न काठमाडौँबाट रोल्पा जाने बस चढ्ने । भिग्रीमा ओर्लेर रात बिताउने । भोलिपल्ट बिहानै पदयात्रा गर्दै चारघण्टाको उकालो पछि स्वर्गद्धारी पुग्न सकिन्छ । स्वर्गद्धारी मन्दिर र यज्ञशालाको दर्शन गरेपछि गरिब एक किलोमिटरजति टाढा पानी पर्याप्त भएको ठाउँमा साना लज र नैवेद पसल छन् । पैसा तिरेर केहि कोठामा बस्न पाइन्छ । आश्रमको क्यान्टिनमा तीर्थयात्रीहरुको लागि दालभात पाक्छ । यो ठाउँको धार्मिक पर्यटकको आर्षण दिनानुदिन बढ्दो छ । यहाँ आवश्यक पूर्वाधराको निमार्ण गरेर धार्मिक पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ । यहाँ योग ध्यान र अध्यात्म केन्द्रको रुपमा पनि पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ । यसको लागि सरोकारवालको ध्यान जानु आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक