"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

प्रकाशित मिति :  1 June, 2025 4:30 pm


काठमाडौँ- पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि पेरिस सेन्ट जर्मेन(पीएसजी)ले उचालेको छ। शनिबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई ५-० को फराकिलो अन्तरले हराउँदै पीएसजीले पहिलोपटक उपाधि हत्याएको हो।

पीएसजीको जितमा डिजेर डुवेले दुई तथा अच्राफ हाकिमी, ख्विचा क्वारत्स्खेलिया र सेनी मायुलुले एक/एक गोल गरे। पीएसजीले खेलको १२ औँ मिनेटमा हाकीमीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। खेलको २० औँ मिनेटमा डुबेको गोलमा पीएसजीले अग्रता दोब्बर पार्‍यो।

पहिलो हाफमा २–० ले अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप ३ गोल गर्‍यो। खेलको ६३ औँ मिनेटमा डुबेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० को अग्रता दिलाए।

खेलको ७३ औँ मिनेटमा क्वारत्स्खेलियाले गोल गर्दै पीएसजीको अग्रता फराकिलो पारे। खेलको ८६ औँ मिनेटमा मायुलुको गोलमा पीएसजीले ५–० को अग्रता बनाउँदै च्याम्पियन बन्यो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट