"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

प्रकाशित मिति :  1 June, 2025 4:30 pm


काठमाडौँ- पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि पेरिस सेन्ट जर्मेन(पीएसजी)ले उचालेको छ। शनिबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई ५-० को फराकिलो अन्तरले हराउँदै पीएसजीले पहिलोपटक उपाधि हत्याएको हो।

पीएसजीको जितमा डिजेर डुवेले दुई तथा अच्राफ हाकिमी, ख्विचा क्वारत्स्खेलिया र सेनी मायुलुले एक/एक गोल गरे। पीएसजीले खेलको १२ औँ मिनेटमा हाकीमीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। खेलको २० औँ मिनेटमा डुबेको गोलमा पीएसजीले अग्रता दोब्बर पार्‍यो।

पहिलो हाफमा २–० ले अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप ३ गोल गर्‍यो। खेलको ६३ औँ मिनेटमा डुबेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० को अग्रता दिलाए।

खेलको ७३ औँ मिनेटमा क्वारत्स्खेलियाले गोल गर्दै पीएसजीको अग्रता फराकिलो पारे। खेलको ८६ औँ मिनेटमा मायुलुको गोलमा पीएसजीले ५–० को अग्रता बनाउँदै च्याम्पियन बन्यो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। योसँगै नेपालले