"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

करण केसीको चमात्कारिक ब्याटिङले नेपालको शानदार विजय

प्रकाशित मिति :  3 June, 2025 9:24 am


काठमाडौँ- करण केसीको उत्कृष्ट, रबाफिलो र चमात्कारिक ब्याटिङले नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा घरेलु टिम स्कटल्यान्डविरुद्ध कीर्तिमानी जित निकालेको छ ।

नेपालले सोमबार भएको खेलमा स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो ।स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा करणले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिमले प्रस्तुत गरेको २९७ रनको लक्ष्य नेपालले ४९.५ ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भेट्टाएको यो हालसम्मकै ठूलो लक्ष्य हो। यसअघि नेपालले सन् २०२३ मा नामिबियाविरुद्ध र २०२४ मा क्यानडाविरुद्ध समान २८६ रनको लक्ष्य पूरा गरेको थियो।

नेपालको जितमा नवौँ नम्बरमा ब्याटिङका निम्ति आएका करण केसीले सर्वाधिक ६५ रन बनाए। करणले अविजित रहँदा ४१ बलमा तीन चौका र चार छक्का प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा करणको यो पहिलो अर्धशतकसमेत हो। नेपाललाई अन्तिम ओभरमा सात रन आवश्यक हुँदा पहिलो बलमै सन्दीप लामिछाने आउट भएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार