"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति रनिङ शिल्ड पदक जित्ने खेलाडीलाई गल्याङ नगरपालिकाको सम्मान

प्रकाशित मिति :  5 June, 2025 7:51 pm


स्याङ्जा – स्याङ्जा जिल्ला खेलकुद विकास समितिद्वारा स्याङ्जाको चापाकोट नगरपालिकामा आयोजित १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि गल्याङ नगरपालिकाले जितेको छ । १५ स्वर्ण, ६ रजत र ७ काश्य गरी २८ पदकसहित गल्याङ नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड जितेको हो ।

प्रतियोगितामा गल्याङ नगरपालिकाले विभिन्न तौल समुहको कराते तर्फको १२ प्रतियोगितामा १२ संवरण पदक प्राप्त गरेको थियोे । साथै गल्याङ नगरपालिकाले छात्र ८०० मिटर दौड, छात्रा १०० मिटर दौड र छात्रा हाइजम्पमा स्वर्ण पदक जितेको थियो ।

प्रतियोगितामा गल्याङ नगरपालिकाबाट सहभागीता जनाएका सम्पूर्ण खेलाडी र प्रशिक्षकलाई नगरपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको छ । राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्ने गल्याङ नगरपालिकाका खेलाडीहरुलाई नगरपालिकाले रु १ लाख सहित सम्मान गरेको छ। त्यस्तै प्रतियोगितामा १२ स्वर्ण, १८ रजत र ११काश्य पदकसहित चापाकोट नगरपालिका उपविजेता बन्न सफल भयो।

प्रतियोगितामा स्याङ्जा जिल्लाका विभिन्न पालिकाका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतिगितामा तीन हजार मिटर दौड, पन्ध्र सय, आठ सय, चार सय, दुईसय मिटर दौड, छात्रछात्रा भलिबल प्रतियोगिता, हाइजम्प, लङजम्प, सय मिटर रिले, ज्याभलिङ थ्रो, छात्र छात्रा कबडी, सटफुटलगायतका खेल सम्पन्न भएको थियो । जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागी बन्न पाउने छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द