"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्थली नायब सुब्बा भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  6 June, 2025 6:14 pm


काठमाडौं – रामेछापको मन्थली नगर विकास समितिमा अस्थायी नायब सुब्बा पदमा कार्यरत टिका प्रसाद भट्टविरुद्ध एक करोड १५ लाख चार हजार १११ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार भट्टले आफू पत्रकार हुँ भनी सबै कार्यालयका कर्मचारीलाई धम्क्याउने र रकम असुल गर्ने गरेका थिए । 

उनले २०४९ साउन १ गते अस्थायी खरिदार पदमा ६ महिनाको लागि नियुक्ति लिएकोमा नगर विकास समितिका पदाधिकारीले अनिश्चितकालीन म्याद थप गरेका थिए । २०७० माघ १ गते नायब सुब्बा पदमा बढुवा लिएर अस्थायी कर्मचारीले स्थायी कर्मचारी सरह गैरकानुनी तवरबाट ग्रेड सुविधा लिएको र अनिश्चितकालीन म्याद थप भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भट्ट २०५३ सालदेखि कान्तिपुर पब्लिकेसन लिमिटेडको विभिन्न पदमा कार्यरत रही काम गर्दै आएकोमा २०६७ पुस १ गते कान्तिपुर दैनिकको पूर्णकालीन स्थायी कर्मचारीको नियुक्ति लिइ नियमित पारिश्रमिक लिएको देखिएको छ ।

उनले मिडाड नेपाल नामक विज्ञापन एजेन्सीको साइट मेनेजर/स्थानीय प्रतिनिधिको रूपमा आफू कार्यरत कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापबाट विज्ञापन प्रकाशन गरी आफैँले कमिसन बापतको रकम लिएका थिए । 

यसै गरी सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन प्रमुखहरू अमर थापा, नारायणप्रसाद भण्डारी, तत्कालीन लेखा प्रमुखद्वय यमलाल बेल्वासे र सुरेशप्रसाद दाहालविरुद्ध बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द