"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  11 June, 2025 6:05 pm


काठमाडौँ – सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 
काठमाडौं महानरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका बेला मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर हो ।

परियारसहित महानगरका तत्कालीन निर्देशकहरु रविन्द्रमान श्रेष्ठ, युवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । सातैजना प्रतिवादीलाई अख्तियारले जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी गरिएको छ ।

महानगरपालिकाको सामाखुसी करिडोरअन्तर्गत बसुन्धारादेखि म्हेपीसम्म ढल निर्माणसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले अनुसन्धान गरेको थियो । जसमा सबैभन्दा कम अंकमा कबोल गरेका ठेकेदारलाई अयोग्य ठहर गरी बढी अंक कबोल गरी ठेक्का लगाएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

कम अंक कबोल गर्ने समानान्तर सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँबराबरको बोलपत्र पेस गरेकोमा महानगरका तत्कालीन कर्मचारीहरुले बढी अंक कबोल गर्ने कल्पवृक्ष कोहीनूरलाई २२ करोड ४० लाख ९४ हजार ६१२ प्रस्तावमा सम्झौता गरेकोमा बढी अंक कबोल गरिएको रकमलाई बिगो कायम गरी अख्तियार मुद्दा दायर गरेको हो ।

यसरी मिलेमतोमा सार्वजनिक संस्थाको सम्पत्ति हानिनोक्सानी गरेकोमा महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए । महानगरको कार्यकारीबाट सरुवा भएर परियार त्यसपछि सूचना तथा प्रसारण विभागमा गएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द