"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  12 June, 2025 9:53 pm


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जना र विभिन्न सामान आपूर्तिकर्ता कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो गाउँपालिकाको वडा नं १ देखि ९ सम्मका लागि सौर्यबत्ती जडानका लागि आर्थिक वर्ष २०७८÷७९ मा रु दुई करोड १६ लाख बराबरको बजेट विनियोजन गरिएको थियो । विनियोजन भएको बजेटविपरीत खम्बा, सोलार प्यानल, लाइट, तार, नटबोल्ट, ब्याट्री, चार्ज कन्ट्रोलर खरिद तथा जडानसमेतका लागि बद्नियत राखी टुक्र्याएर पाँच वटा प्याकेज बनाइएको पाइएको छ ।

विनियोजित बजेटभन्दा बढी रु दुई करोड ५३ लाख १७ हजार २५० बराबरका लागि अनुमान स्वीकृत गरी बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको थियो । त्यसमा तीन वटा फर्मबीचमा मात्रै प्रतिस्पर्धा गराइएको थियो । सो कार्यका लागि गाउँपालिकाले रु दुई करोड ४९ लाख ४० हजार ११० बराबरको रकम विभिन्न सौर्यबत्ती कम्पनीलाई भुक्तानी दिएको थियो ।

सो कार्यमा भ्रष्टाचार भएको भन्दै आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साहविरुद्ध रु दुई करोड ४९ लाख ४० हजार ११० बराबरको बिगो माग दाबी गर्दै आज विशेष अदाmलतमा मुद्दा दायर गरेको हो । 

यसैगरी,  लेखापाल सञ्जयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख रामकैलाश राय यादव, सबइञ्जिनियर सन्तोष राय र राजु रायविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ । 

यस्तै, लेखा अधिकृत शिवशङ्करप्रसाद कुशवाहाविरुद्ध रु ४७ लाख ४९ हजार ५६०, स्काई राइज टे«डिङ कन्सर्न मलङ्गवा सर्लाहीका सञ्चालक जयप्रकाश यादवविरुद्ध रु ५८ लाख ३९ हजार ८४० माग दाबी गरिएको छ ।

त्यस्तै,  एसके स्टोर्स मलङ्गवाका सञ्चालक रञ्जुकुमारी साहविरुद्ध रु ९५ लाख २३ हजार ९१० र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्टचर सोलुसनका सञ्चालक सङ्गीताकुमारीविरुद्ध रु ९५ लाख ७६ हजार ३६० बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले