"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अस्ट्रेलियालाई पराजित गर्दै दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियन

प्रकाशित मिति :  14 June, 2025 8:29 pm


काठमाडौँ – विश्व क्रिकेटका ठूला प्रतियोगितामा सफलताको नजिक पुगेर पनि लगातार चुक्दै आएको दक्षिण अफ्रिकाले अन्ततः शनिबार वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । दक्षिण अफ्रिकाले लर्डसमा भएको फाइनलको चौथो दिन अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्न सफल रह्यो ।

जितका लागि २ सय ८२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले एक दिन भन्दा बढीको खेल बाँकी छँदै पाँच विकेट गुमाएर त्यसलाई पछ्याएको हो । दक्षिण अफ्रिकाको जितका नायक रहे, ओपनर एडेम मारक्रम । उनले १ सय ३६ रनको शतकीय इनिङ्स खेले ।

उनले २ सय ७ बलको सामना गरे र १४ चौका प्रहार गरे । नट आउट ब्याटरमध्ये डेविड बेडिनघमले २१ रन बनाए । यस्तै कप्तान टेम्बा बभुमाले ६६ रनको योगदान दिए । दक्षिण अफ्रिकाले यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने आधिकारिक प्रतियोगिता जितेको भनेको सन् १९९८ मा हो ।

अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा २ सय ७ रन बनाएर अलआउट भएपछि दक्षिण अफ्रिकाले चुनौतीपूर्ण लक्ष्य पाएको हो । त्यस अगाडि पहिलो इनिङ्समा अस्ट्रेलियाले २ सय १२ रन बनाएयता त्यसको जवाफमा दक्षिण अफ्रिकाले १ सय ३८ रन जोडेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट