"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अस्ट्रेलियालाई पराजित गर्दै दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियन

प्रकाशित मिति :  14 June, 2025 8:29 pm


काठमाडौँ – विश्व क्रिकेटका ठूला प्रतियोगितामा सफलताको नजिक पुगेर पनि लगातार चुक्दै आएको दक्षिण अफ्रिकाले अन्ततः शनिबार वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । दक्षिण अफ्रिकाले लर्डसमा भएको फाइनलको चौथो दिन अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्न सफल रह्यो ।

जितका लागि २ सय ८२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले एक दिन भन्दा बढीको खेल बाँकी छँदै पाँच विकेट गुमाएर त्यसलाई पछ्याएको हो । दक्षिण अफ्रिकाको जितका नायक रहे, ओपनर एडेम मारक्रम । उनले १ सय ३६ रनको शतकीय इनिङ्स खेले ।

उनले २ सय ७ बलको सामना गरे र १४ चौका प्रहार गरे । नट आउट ब्याटरमध्ये डेविड बेडिनघमले २१ रन बनाए । यस्तै कप्तान टेम्बा बभुमाले ६६ रनको योगदान दिए । दक्षिण अफ्रिकाले यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने आधिकारिक प्रतियोगिता जितेको भनेको सन् १९९८ मा हो ।

अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा २ सय ७ रन बनाएर अलआउट भएपछि दक्षिण अफ्रिकाले चुनौतीपूर्ण लक्ष्य पाएको हो । त्यस अगाडि पहिलो इनिङ्समा अस्ट्रेलियाले २ सय १२ रन बनाएयता त्यसको जवाफमा दक्षिण अफ्रिकाले १ सय ३८ रन जोडेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार