"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शासन र निर्वाचन प्रणालीमा बहस हुन जरुरी छ : सभामुख

प्रकाशित मिति :  14 June, 2025 8:37 pm


काठमाडौँ – सभामुख देवराज घिमिरेले मुलुकको शासन प्रणाली र निर्वाचन प्रणालीमा बहस हुन जरुरी रहेको बताएका छन्।

शनिबार काठमाडौँमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित नेपालमा निर्वाचन प्रणाली : तुलनात्मक अध्ययन पुस्तक लोकार्पण गर्दै सभामुख घिमिरेले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीका विषयमा विभिन्न ढंगले टिप्पणीहरु हुँदै आएकाले संविधान संशोधनका क्रममा त्यसमा बहस गर्न जरुरी रहेको बताएका हुन्।

शासन प्रणालीमा अस्थिरता र अपेक्षा गरेका कुराहरु प्राप्त नभइरहँदा जनताले शासन गर्ने पद्धतिलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए। उनले राजनीतिक दलहरूको भूमिकाको समस्या हो कि? प्रणालीको दोष हो भन्नेमा बढी विवेचना हुन जरुरी रहेको उल्लेख गरे।

त्यस्तै सभामुख घिमिरेले संघीय संसदलाई प्रभावकारी रुपमा अघि बढाउन देखिएका समस्याप्रति पनि छलफल गर्नुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी