"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिकोणात्मक टि २० शृंखला : नेपालद्वारा स्कटल्यान्ड २ विकेटले पराजित

प्रकाशित मिति :  18 June, 2025 8:37 am


काठमाडौँ – त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्डसँग दुई विकेटको संघर्षपूर्ण जित निकालेको छ। स्कटल्यान्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो ।

स्कटल्यान्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले बनाएको ३० रन सर्वाधिक रह्यो। उनले ३५ बलमा ४ चौका सहयोगमा ३० रन बनाए।

करण केसी ३ र सन्दीप लामिछाने १ रनमा नटआउट रहे। २१ बलमा १४ रन बनाएका दिपेन्द्र सिंह ऐरी क्याच आउट हुन पुगे। १४ बलमा १३ रन बनाएका बसिर अहमद माइकल लिस्कको बलमा कट बोल्ड हुन पुगे। किरण ठगुन्ना ११ रनमा आउट भए।

लोकेश बम ९ रनमा पेभेलियन फर्के। कप्तान रोहित पौडेलले सात र अनिल शाहले ३ रन थपे। रुपेश सिंहले ६ रन बनाए। त्यसअघि स्कटल्यान्डको टिटवुडको ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली २ बल अगावै ९७ रनमा समेटियो।

पावर प्लेमा नै ५ विकेट लिदै स्कटल्यान्डको ब्याटिङ लाइनलाई नेपालले पूर्ण रुपमा दबाबमा राखेको थियो। सन्दीप लामिछानेले चार विकेट लिए। सन्दीपले एक १ मेडन राख्दै ११ रन दिएर चार विकेट लिए।

करण केसी र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट झारे। ललित राजवंशीले एक विकेट आफ्नो नाममा गरे। माइकल लिस्कले बनाएको ४६ रन नै स्कटल्यान्डका लागि सर्वाधिक रह्यो। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

कप्तान म्याथु क्रोस १५ रन बनाउँदा सन्दीपको बलमा बोल्ड आउट भए। ब्राण्डोन म्याक मुलेन १० रन बनाउँदा ललित राजवंशीको बलमा क्याच आउट हुन पुगे। स्कटल्यान्डका आठ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार