"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मकैमा फौजी कीराको समस्याले किसान चिन्तित

प्रकाशित मिति :  22 June, 2025 9:19 pm


बैतडी – बैतडीको प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी कीराको समस्या देखिएपछि किसान चिन्तित भएका छन् ।कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी कीराले मकैबाली नष्ट गर्न थालेको छ । उनले मकै बालीमा कीराको समस्या देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको बताए ।

केन्द्रले यसअघि नै इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ । हाल भने कृषि ज्ञान केन्द्रमा पनि उक्त विषादी अभाव छ । कीराले मकैको बोट सखाप पार्ने गरेको दोगडाकेदार –७ का दीपेन्द्र कार्कीले बताए। उनले भने, ‘फौजी कीराले मकैबाली सखाप पारेको छ । उत्पादनमै कमी हुने देखिन्छ।’ लामो समयसम्मको खडेरीका कारण फौजी कीरा बढी सक्रिय भएको हो ।

दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश भट्टले बताए । उनले भने, ‘फौजी कीरा देखिएका स्थानका किसानलाई हामीले विषादी छर्किन सुझाव दिएका छौँ।’ मकैको पकेट क्षेत्रमा नै कीराले नोक्सान गरेको छ ।

पाँच वर्षयता हरेक वर्ष फौजी कीराको समस्या देखिने गरेको छ । बैतडीमा १३ हजार हेक्टर क्षेत्रमा मकैखेती गरिँदै आएको छ ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय